होमपेज > बैंकिङ्ग प्रणालीबाट ५० अर्ब रूपैयाँ झिक्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीबाट ५० अर्ब रूपैयाँ झिक्दै राष्ट्र बैंक

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। साउन ११ गतेभित्र बोलकबोल प्रक्रिया पूरा गरी भदौ ८ गतेदेखि लागू हुने गरी यो निक्षेप संकलन उपकरण ल्याउन लागिएको हो।

बिज्ञापन

केन्द्रिय बैंकले यो निक्षेप संकलनलाई २० दिनका लागि निष्काशन गर्न लागेको हो, जसअन्तर्गत न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि प्रत्येक ५ करोडको गुणांकीय आधारमा बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। कुल ५० अर्ब रुपैयाँसम्मको रकमका लागि बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धात्मक बोलकबोल गर्न सक्नेछन्।

बिज्ञापन

बोलकबोल प्रक्रिया अनलाइन सिस्टम मार्फत हुनेछ र यसका लागि मध्यान्ह ३ बजेसम्मको समय तोकिएको छ। यो उपकरणमा सहभागी हुन नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र अनुमति दिइनेछ। निक्षेप संकलन उपकरणमा सहभागी हुने संस्थाले जम्मा गर्न चाहेको रकम र प्रस्तावित व्याजदर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। व्याजदर दशमलव पछाडि चार अंकसम्म उल्लेख गर्न सकिनेछ। बोलकबोलको मूल्यांकन गर्दा सबैभन्दा कम व्याजदरलाई प्राथमिकता दिइनेछ र आवश्यक भएमा समान व्याजदर भएका बोलकर्ताबीच रकम प्रो(राटा आधारमा बाँडफाँड गरिनेछ।

धितोको व्यवस्था अनुसार, संकलित निक्षेप नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ। स्वीकृत बोलपत्रवापतको रकम नेपाल राष्ट्र बैंकमा रहेको सम्बन्धित काउण्टरपार्टीको खाताबाट कट्टा गरिनेछ र संकलित रकम अलग्गै खातामा जम्मा गरिनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते