एनआईसी एशिया बैंकको साढे १३ करोड रुपैयाँको संस्थापक शेयर बिक्रीमा राखिने भएको छ ।
बिज्ञापन
बैंकको संस्थापक समूहतर्फको ७ लाख ५ हजार ९५० कित्ता शेयर आज साउन ९ गतेदेखि बिक्रीमा राखिएको हो । बैंकको उक्त शेयर को मूल्य न्यूनतम प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा बैंकको १३ करोड ४१ लाख ३० हजार ५ सय रुपैयाँको शेयर बिक्रीमा राखिएको हो ।
बिज्ञापन
बैंकको शेयर मा न्यूनतम् १ हजार कित्ता र अधिकतम सम्पूर्ण शेयरका लागि आवेदन दिनुपर्नेछ । ५ लाखभन्दा बढी शेयरका लागि आवेदन दिँदा प्यान नम्बर अनिवार्य गरिएको छ । बैंकको शेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले साउन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।





