होमपेज > ह्वात्तै बढ्यो अन्डाको मूल्य, प्रतिगोटा कति?

ह्वात्तै बढ्यो अन्डाको मूल्य, प्रतिगोटा कति?

बिज्ञापन
बिज्ञापन

बजारमा अण्डाको उत्पादन घटेसँगै मूल्य बढेर हालसम्मकै उच्च भएको छ । उत्पादन घट्न थाले पछि किसानहरूले अण्डाको लागत मूल्य पाउने भएका हुन् ।

बिज्ञापन

नेपाल लेयर्स कुखुरापालक संघले विभिन्न पोल्ट्री फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मान्दै किसानका लागि समर्थन मूल्य निर्धारण गरेको हो। संघले आजदेखि लागू हुने गरी ठूलो अण्डाको समर्थन मूल्य प्रतिक्रेट (९३० वटा) ५२५ रुपैयाँ र मध्यम अण्डाको ४९५ रुपैयाँ कायम गरेको छ।

बिज्ञापन

यी दररेटहरू चितवनलाई आधार मानी तय गरिएका हुन्। चितवनबाट अन्य जिल्लामा अण्डा पठाउँदा त्यस क्षेत्रअनुसारको बजार मूल्य फेरिन सक्ने संघले जनाएको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य ठूलो अण्डाको प्रतिपेटी (७ क्रेट) ३८५५ रुपैयाँ र मिडियम अण्डाको ३६४५ रुपैयाँ निर्धारण गरिएको छ।

उनका अनुसार यसअघि अघिल्लो वर्षको भदौमा ठूलो अण्डाको मूल्य अधिकतम ५१० रुपैयाँ प्रतिकृेट पुगेको थियो, तर अहिलेको मूल्य हालसम्मकै उच्च हो। अध्यक्ष पोखरेलका अनुसार अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ र अहिलेको मूल्यले किसानले लागत बराबर आम्दानी गर्न थालेका छन्। अण्डा उत्पादनमा संलग्न कुखुराको संख्या घटेका कारण आपूर्तिमा कमी आएपछि मूल्य वृद्धि भएको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते