सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कुल ३१ हजार २२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बिज्ञापन
यो शेयर हाल बैंककै कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित आफूले के कति खरिद गर्न चाहेको हो सोको विवरण खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
बिज्ञापन
साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।








