हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज (साउन ४) अन्तिम दिन रहेको छ ।
बिज्ञापन
बैंकले असार २२ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १५७ रुपियाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । बैंकले जारी पुँजीको कम्तीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार एफपीओ निष्कासन गरेको हो ।
बिज्ञापन
एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता शेयर कायम हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकत सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटलले गरेको छ ।








