होमपेज > कामना सेवा विकास बैंकको २०८१/८२ को चौथो त्रयमासको वित्तीय विवरण प्रकाशित

कामना सेवा विकास बैंकको २०८१/८२ को चौथो त्रयमासको वित्तीय विवरण प्रकाशित

बिज्ञापन
बिज्ञापन

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रयमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको
छ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न ३० दिनको समय दिएपछि कामना सेवाले दुई दिने वित्तीय विवरण सार्वजनिक गरेको छ। यसअघि चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय २१ दिनको रहेको थियो। वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ५८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ९.१९ प्रतिशतले बढेको छ।

बिज्ञापन

समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ४१ करोड १२ लाख रुपैयाँले ऋणात्मक थियो। समीक्षा वर्ष बैंकले १७.३० प्रतिशत लाभांश क्षमता बनाएको छ। समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ९८ करोड ६९ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ९६ करोड ७८ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि १.९७ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब १३ करोड २५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेको छ। चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः ६० करोड ७४ लाख रुपैयाँ र १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र रिजर्भमा क्रमशः ४१ करोड १२ लाख रुपैयाँ र १ अर्ब ६९ करोड १९ लाख रुपैयाँ थियो।

बिज्ञापन

समीक्षा अवधिसम्म बैंकले ६२ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा वर्षमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) सामान्य बढेर ३.३८ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.३६ प्रतिशत थियो। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.१० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.७३ रुपैयाँमा सीमित थियो। पीई रेसियो २७.६९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६८.१३ रुपैयाँ रहेको छ।

बैंकले यो वृद्धि वर्तमान आर्थिक चुनौतीको बीचमा हासिल गरेको हो। ब्याजदर, बजार प्रतिस्पर्धा र साइबर सुरक्षाजस्ता विषयका बाबजुद बैंकले आफ्नो व्यवसायलाई विस्तार गर्न सक्षम देखिएको हो। बैंकले गत साधारणसभावाट अविमोच्य अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकवाट सोको स्वीकृति लिई नेपाल धितोपत्र बोर्डसमक्ष स्वीकृतिका लागि पेस गरिसकेको छ। देशभर १३० शाखा रहेको बैंकले डिजिटल प्रविधिमा आधारित भई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ।

 

 

 

 

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते