नेपाली बजारमा साताको अन्तिम दिन (शुक्रबार) सुनको मूल्य बढेको छ ।
बिज्ञापन
सुन आज तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य पनि बढेनको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार २८० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।








