हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो ।
बिज्ञापन
आईपीओको लागि २० लाख ४४ हजार ४५६ जनाले २.४० करोड कित्ता शेयर माग गर्दै आवेदन दिएका थिए। जसमा प्राविधिक र प्रमाणिकरण कारणले १ लाख ४४ हजार १६७ जना आवेदकको आवेदन रद्द गरिएको थियो भने बाँकी १८ लाख ९५ हजार ३७६ जनाको आवेदनलाई मान्य ठहर गरी गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो।
बिज्ञापन
जसमा ७७ हजार ३९७ जना आवेदकलाई मात्र शेयर प्राप्त भएको छ। बाँकी १८ लाखभन्दा बढी आवेदकको हात खाली भएको छ । शेयर प्राप्त गरेकाहरु मध्यबाटै थप ५ जनालाई १.१ कित्ता गरि ११ कित्ता शेयर पारिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये प्रथम चरणमा आयोजना प्रभावितका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २५० कित्ता शेयर निष्कासन गरि बाँडफाँड गरेको छ । कम्पनीले कर्मचारीका लागि १८ हजार ६५० कित्ता शेयर र सामुहिक लगानी कोषका लागि र ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।
बिज्ञापन
यस आईपीओको नतिजा सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट https://iporesult.cdsc.com.np/ त्यस्तै बिक्री प्रबन्धकको वेबसाइट https://www.nicasiacapital.com/ipo-result र मेरो शेयर एपमा लगइन गरेर पनि हेर्न सकिनेछ ।








