नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मीन माध्यमिक विद्यालयलाई सहयोग गरेको छ ।
बिज्ञापन
गत जेठमा हावा हुरीले विद्यालय भवनको छानो उडाएपछि अध्ययन-अध्यापन प्रभावित भएको जानकारी पाएपछि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले रु. एक लाख खर्चेर विद्यालयलाई टिनको छानो हालिदिएको हो ।
बिज्ञापन
विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीका अनुसार विद्यालयको १२ कोठे भवनमा ट्रस राखेर छानो हालिएको छ । यसअघि ढुंगाको छानो थियो । त्यसलाई नै निरन्तरता दिँदा दुर्घटनाको जोखिम भएकाले ढुंगाको सट्टा टिन प्रयोग गरिएको उनले बताए ।








