नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ।
बिज्ञापन
सुन आज तोलामा ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ७०० रुपैयाँ कायम थियो ।
बिज्ञापन
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।








