प्रभु बैंकले पौने संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बिज्ञापन
बैंकको संस्थापक समूहको २ लाख ७८ हजार २०६ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछछन्।
बिज्ञापन
शेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। यसका लागि ३५ दिनको अवधि दिइएको छ। तोकिएको अवधिभित्र संस्थापक सेयर धनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।








