असारमा लागू हुने गरी बैंकहरुले नया ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले आज जेठ ३१ सूचना प्रकाशित गर्दै असारका लागि ब्याजदर सार्वजनिक गरेका छन्।
बिज्ञापन
१९ वटा वाणिज्य बैंकमध्ये १४ वटा ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने ५ वटाले घटाएका छन्। राष्ट्रियस्तरका विकासमध्ये ६ वटाले ब्याजदर स्थिर राखेका छन् भने एउटा घटाउँदा एउटाले बढाएको छ। वाणिज्य बैंकले असारका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने कुमारी बैंक, प्रभु बैंक, एभरेस्ट बैंक, एनएमबि बैंक र एनआईसी एसिया बैंक छन्।
बिज्ञापन
असारका लागि ब्याजदर घटाएर कुमारी बैंकले ५.७१ प्रतिशत, प्रभु बैंकले ६.१० प्रतिशत, एभरेष्ट बैंकले ६.५५ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत र एनआईसी एसिया बैंकले ६.५५ प्रतिशत कायम गरेका छन्। जेठमा कुमारी बैंकले ५.९१ प्रतिशत, प्रभु बैंकले ६.६१ प्रतिशत, एभरेस्ट बैंकले ६.६४ प्रतिशत, एनएमबि बैंकले ६.६ प्रतिशत र एनआईसी एसिया बैंकले ६.६ प्रतिशत ब्याज दिएका थिए।
यसैगरी असारका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राख्नेमा राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, नेपाल बैंक, सिजिटन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र ग्लोबल आइएमई बैंक रहेका छन्।
बिज्ञापन
जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, सानिमा बैंकले ६.३३ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५० प्रतिशत, नेपाल बैंकले ५.४५ प्रतिशत, सिजिटन्स बैंकले ५.६५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.५० प्रतिशत, हिमालयन बैंकले ५.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत र ग्लोबल आइएमई बैंकले ६ प्रतिशत अधिकतम ब्याज दिएका थिए। अब यही ब्याजदर यी बैंकले असारका लागि निर्धारण गरेका छन्।
-राष्ट्रियस्तरका विकास बैंक:
राष्ट्रियस्तरका बैंकहरु कामना सेवा, ज्योति, गरिमा, लुम्बिनी, मुक्तिनाथ र गरिमाले जेठकै व्यक्तिगत मुद्दति निक्षेप अधिकतम ब्याजदर ६.५० प्रतिशतलाई असारमा निरन्तरता दिएका छन्।
सांग्रिलाले भने जेठको ब्याजदर ६.२५ प्रतिशतलाई घटाएर असारमा ६.१६ प्रतिशत कायम गरेको छ भने महालक्ष्मीले ६ प्रतिशतबाट बढाएर ६.१५ प्रतिशत कायम गरेको छ।








