होमपेज > नेपालसँग करिब ५० वर्ष धान्ने तेल र ग्यासको खानी छ: अर्थमन्त्री पौडेल

नेपालसँग करिब ५० वर्ष धान्ने तेल र ग्यासको खानी छ: अर्थमन्त्री पौडेल

बिज्ञापन
बिज्ञापन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरु अघि बढाइएको बताएका छन्।

बिज्ञापन

बिहीबार काठमाडौँमा मिडिया इन्टरनेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मान्छेले अन्तरक्षिमा सम्भावना खोजरिहेका बेलामा नेपालले देशभित्रै सम्भावनाहरु किन खोजि नगर्ने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने जिकिर गरे।

बिज्ञापन

‘मान्छेले अन्तरक्षिमा सम्भावना खोजरिहेका छन्, हामीले देशभित्रैको सम्भावनालाई खोजि किन नगर्नेरु त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ,’ पौडेलले भने, ‘यसको निम्ति सही राजनीतिक नेतृत्व, सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता पर्ने हो। त्यही भएर अहिले सरकारले यो विषय महत्वका साथ अघि सारेको छ। हामी हाम्रो जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छौँ रु कसरी सम्भावना देशभित्रै खोजि गर्नसक्छौँ रु भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको छ।

उनले थपे, ‘नयाँ प्रकारको इनोभेसन, उद्यमशिलता, मान्छेहरुलाई केन्द्रित गर्नेगरी कार्यक्रम बजेटले ल्याएको छ। हामी स्टार्टअप, आइटीको सन्दर्भमा खरु अरु प्रकारका उद्यमशिलताका सन्दर्भमा बजेटले कार्यक्रम ल्याएको छ, यसको कार्यान्वयनसँगै देशभित्रै भविष्य खोज्ने आधार बनाएर लैजानसक्छौँ।’ उपप्रधानमन्त्री पौडेलले नेपाल प्रकृति, जलश्रोतको सही सदुपयोग गरेर विकसित हुनसक्ने बताए। नेपालसँग करिब ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्नसक्ने तेल र ग्यासको खानी रहेको जिकिर समेत मन्त्री पौडेलले गरे।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते