अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद दिपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिज्ञापन
उनीमाथि गाँउपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनी लगायत १५ जनामाथि ठेक्कापट्टामा भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको हो । धनुषा क्षेत्र नं. ३(ख)बाट निर्वाचित ठाकुर एमालेका सांसद हुन् । अख्तियारले उनीहरू सबैमाथि ६ करोड ७९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
बिज्ञापन
धनुषाको औरही गाँउपालिकाले १५ बेडको अस्पताल निर्माणका लागि २४ करोड ४३ लाख रुपैयाँको लागत अनुमान तयार गरेको थियो । १२ करोड ३५ लाख रुपैंयाको प्रस्ताव पेश गर्ने प्रतिष्ठा, धुलिखेल, एक्सिस एसिउन जेभी (संयुक्त उपक्रम)लाई ठेक्का दिनुपर्नेमा १९ करोड १४ लाख रुपैयाँको प्रस्ताव पेश गर्ने लुम्बिनी, डीएण्डएन जेभीलाई छनौट गरेर भ्रष्टाचार भएको अख्तियारको दाबी हो ।
अख्तियारले औरही गाँउपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमु प्रशासकिय अधिकृत सुवोधकुमार ठाकुर, वडाध्यक्षहरू आशेश्वर यादव, अमित कुमार यादव, गंगा प्रसाद यादव, शिवनाथ साह, प्रमेश्वर मण्डल, दिलिप कुमार साहविरुद्ध मुद्दा चलाएको हो । अख्तियारले त्यही गाँउपालिकाका इञ्जिनियरहरू सोनु साह, सन्तोष कुमार मण्डल, बिनित कुमार साह, खरिदारहरु मोहन कुमार मण्डल, मनोज कुमार यादवमाथि मुद्दा चलाएको हो ।
बिज्ञापन
प्रदेश सांसद ठेकेदारको रुपमा त्यो ठेक्का प्रक्रियामा सामेल थिए ।








