होमपेज > क्याटल र फोटोन मोटरबीच सम्झौता: व्यावसायिक सवारी साधनहरूलाई इलेक्ट्रिफिकेसन गर्नेकाम सँगै गर्ने

क्याटल र फोटोन मोटरबीच सम्झौता: व्यावसायिक सवारी साधनहरूलाई इलेक्ट्रिफिकेसन गर्नेकाम सँगै गर्ने

बिज्ञापन
बिज्ञापन

दुई ठूला कम्पनीहरू फोटोन मोटर र क्याटलले चीनको फुजियान प्रान्तको निङ्दे सहरमा आयोजित एक समारोहमा आफ्ना १० वर्षे रणनीतिक साझेदारीका लागि एक सम्झौतामाहस्ताक्षर गरेका छन्।

बिज्ञापन

सम्झौता अनुरुप अब दुवै कम्पनीले व्यावसायिक सवारी साधनहरूलाई इलेक्ट्रिफिकेसन गर्नेकाम सँगै गर्ने छन्। उनीहरूले प्रविधि विकास, अन्तर्राष्ट्रिय बजार विस्तार, सवारीसाधन र ब्याट्री सेवा र सम्पूर्ण उद्योग प्रणाली निर्माणमा आ-आफ्नो क्षमता प्रयोग गरेर फलदायी साझेदारी गर्ने योजना बनाएका छन्।

बिज्ञापन

यो साझेदारी चीनको दुई ठूला कम्पनीहरू फोटोन मोटर (व्यावसायिक सवारी निर्माणकर्ता) र क्याटल (पावर ब्याट्री बनाउने कम्पनी) बीचको सहकार्य होजसले ग्रीन इनर्जीतर्फको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ। यसले नयाँ ऊर्जामा आधारित व्यावसायिक सवारी प्रविधिको विकासमा गति दिने अपेक्षा गरिएको छ।

फोटोन मोटरको स्थापना सन् १९९६ मा भएको हो र यो अहिले चीनको सबैभन्दा ठूलो व्यावसायिक सवारी निर्माता हो। सन् २०२१ मा यसले विश्वभर १ करोडभन्दा बढी गाडी बिक्री गर्दै चीनको अटोमोबाइल इतिहासमा छोटो समयमै यस्तो किर्तिमान बनाउने चीनको स्वतन्त्र इन्टेलेक्चुअल प्रोपर्टी भएको पहिलो स्वदेशी ब्राण्डको रूपमा आफ्नो नाम बनाएको छ।

बिज्ञापन

फोटोनले लगातार २० वर्षसम्म चीनमा सबैभन्दा धेरै व्यावसायिक सवारी बेच्ने कम्पनीको स्थान कायम राखेको छर यो १५ वर्षदेखि सबैभन्दा धेरै सवारी निर्यात गर्ने कम्पनी पनि हो। यसको सेवा तथा उत्पादन १३० भन्दा बढी देशहरूमा उपलब्ध छन्।

क्याटल भनेको विश्वमै अग्रणी न्यू इनर्जी प्रविधि कम्पनी हो। यसले विश्वभर न्यू इनर्जी सोलुसन्स उपलब्ध गराउँदै आएको छ। क्याटलको प्रविधि र उद्योगसम्बन्धी अनुभवले गर्दा उसले लगातार व्यावसायिक सवारीमा सबैभन्दा धेरै ब्याट्री आपूर्ति गर्ने कम्पनीको स्थान बनाएको छ।

चीनको सभ्यतामा आधारित भए तापनि विश्व संस्कृतिलाई अँगाल्दै क्याटल र फोटोन मोटरले आपसी सहकार्यको माध्यमबाट समृद्धि फैलाउने उद्देश्य राखेका छन्। भविष्यमा क्याटलले अन्य उद्योग क्षेत्रका कम्पनीहरूसँग पनि सहकार्य गर्दैकमर्सियल भेहिकल ब्याट्री प्रविधिलाई अझ फैलाउने योजना बनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते