होमपेज > सिटिजन्स बैंकले आवाज नेपाललाई सहयोग गर्‍यो सरसफाइ तथा उपभोग्य सामग्री

सिटिजन्स बैंकले आवाज नेपाललाई सहयोग गर्‍यो सरसफाइ तथा उपभोग्य सामग्री

बिज्ञापन
बिज्ञापन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको सुर्खेतस्थित आवाज नेपाललाई सरसफाइ तथा उपभोग्य सामग्री सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

बिज्ञापन

एकल महिला, बालबालिका, मानव ओसारपसार, घरेलु हिंसा र द्वन्द्व प्रभावितहरूका अधिकार र सशक्तिकरणका क्षेत्रमा क्रियाशील सो संस्थाले करिब ४० जना महिला र बालबालिकालाई सेवा दिँदै आएको छ। बैंकले करिब दुई महिनासम्म पुग्ने सामग्रीहरू प्रदान गरेको छ। सहयोग हस्तान्तरण सुर्खेतमै आयोजित एक समारोहका बीच सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गरेका हुन् ।

बिज्ञापन

समारोहलाई सम्बोधन गर्दै पोखरेलले बैंकको सानो प्रयासबाट समाजमा सकारात्मक प्रभाव परेको देख्दा खुसी लागेको बताए। उनले आवाज नेपालजस्ता संस्थाहरूले समाजमा एकल महिला र बालबालिकाको अधिकार संरक्षणका लागि उदाहरणीय भूमिका खेलेको उल्लेख गरे। आवाज नेपालले विगत लामो समयदेखि मानव अधिकार, महिलाको सशक्तिकरण, बाल अधिकार, न्याय प्राप्ति तथा मानव ओसारपसार विरुद्धको चेतनामूलक काम गर्दै आइरहेको छ।

बैंकले यस सहयोगमार्फत सामाजिक दायित्वबोधलाई व्यवहारमा उतार्दै, सामाजिक न्यायमा पहुँच कम भएका वर्गका लागि सहयोग पुर्‍याउने उद्देश्य राखेको जनाएको छ। सिटिजन्स बैंकले विगतमा पनि शिक्षा, स्वास्थ्य, वातावरण र सीप विकास लगायत विभिन्न क्षेत्रमा सामाजिक अभियानहरू सञ्चालन गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते