होमपेज > संसद् जसरी चल्नु पर्ने हो त्यसरी चलेको छैन, जनताका समस्या जसरी उठ्नुपर्ने हो त्यो भइरहेको पाउँदिनँ: सांसद गौतम

संसद् जसरी चल्नु पर्ने हो त्यसरी चलेको छैन, जनताका समस्या जसरी उठ्नुपर्ने हो त्यो भइरहेको पाउँदिनँ: सांसद गौतम

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेसका सांसदले वर्तमान गठबन्धन सरकार चल्न नसकेको भन्दै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता देखिएको बताएका छन् ।

बिज्ञापन

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सञ्जयकुमार गौतमले मुलुकलाई अघि बढाउन केही समय राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् । सांसद गौतमले शीर्ष नेताहरूलाई राष्ट्रिय सहमतिको पहल गर्न आग्रह गरे । राष्ट्रिय सहमति कायम गरेर केही निश्चित दूरी सँगै नहिँडे प्राप्त उपलब्धिहरू संकटमा पर्न सक्ने उनको भनाइ छ ।

बिज्ञापन

‘म शीर्षस्थ नेताहरुलाई राष्ट्रिय सहमति निर्माण गर्न आग्रह गर्छु । टाउको जोड्न आग्रह गर्छु । मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गर्नु पर्ने आवश्यकता म देख्छु,’ उनले भने, ‘राष्ट्रिय सहमति निर्माण गरेर अगाडि बढ्न सक्यौं, संविधान संशोधन गर्न सक्यौं, जनतामा आशा र भरोसा प्रदान गर्न सक्यौं र मुलुकलाई निश्चित दूरीसम्म संँगै हिंडाउन सक्यौं भने मात्रै हामी एक ठाउँमा पुगौंला । अन्यथा, हामीले ल्याएको गणतन्त्र, संघीयता, तीन तहका सरकार जोखिममा पर्ने अवस्था छ । जनता साह्रै निराश छन् ।’

उनले वर्तमान सरकारले पनि जनतामा आशा र भरोसा जगाउन नसकेको बताए । ‘सरकार हाम्रो छ । कांग्रेस र एमाले मिलेर बनेको सरकार छ । तर, एउटा सांसदका रूपमा हेर्दा पनि सरकार सरकारजसरी चलिरहेको छैन । जनतामा आशा र भरोसा जगाउन सकिरहेको छैन ।’

बिज्ञापन

उनले राज्यका तीनवटै अंग सरकार, संसद्, न्यायालयप्रति जनतामा भरोसा पैदा हुन नसकेको बताए । ‘सरकार सरकारजसरी चलेको छैन । संसद् जसरी चल्नु पर्ने हो, त्यसरी चलेको छैन । संसद्मा जुन ‘भाइब्रेशन’ हुनुपर्ने त्यो छैन । जनताका समस्या जसरी उठ्नुपर्ने हो, त्यो भइरहेको पाउँदिनँ ।

न्यायपालिका प्रति पनि जनताका आशा भरोसा पैदा हुन सकेको छैन । नयाँ सोच र सम्भावना देखाउन सकेको छैन,’ उनले भने ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते