होमपेज > मुक्तिनाथ विकास बैंकद्धारा ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा

मुक्तिनाथ विकास बैंकद्धारा ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा

बिज्ञापन
बिज्ञापन

मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्ता लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

बिज्ञापन

यो बचत खाता विशेष गरी भर्खरै एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई फाइदा हुने बैंकले जनाएको छ । यो उमेर समूहका ग्राहकहरूलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न, बचतको महत्त्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिम सम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्ने बैंकले जनाएको छ ।

बिज्ञापन

मुक्तिनाथ पकेट मनी बचत खाता मा न्यूनतम रु ५० मौज्दात राखेर खाता खोल्नु हुने प्रत्येक ग्राहकहरूलाई बैंकले अर्धमासिक तथा मासिकरुप एकपटक निःशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिम सम्बन्धी ज्ञान प्रदान गर्नेछ ।

यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुन्जेल सम्मको लागि निः शुल्क मोबाइल बैंकिङ सुविधा प्राप्त गर्नेछन् । साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा मेरो शेयर दर्ता लगायत विभिन्न बैंकिङ सेवाहरूमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।

बिज्ञापन

बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते