होमपेज > बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

बिज्ञापन
बिज्ञापन

नेपाल बीमा प्राधिकरणले आफ्नो ५६औं वर्षगाँठ पूरा गरी ५७औं वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा कोशी प्रदेश कार्यालय, विराटनगरले विविध सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना गरेको छ।

बिज्ञापन

यसै सिलसिलामा मोरङ रेडक्रस सोसाइटी च्याप्टरका सभापति सुकदेव मण्डलको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा जीवन, निर्जीवन, लघु बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, सर्भेयर तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। बीमा क्षेत्रसँग प्रत्यक्ष रूपमा आबद्ध बीमाकर्मीहरूको संयुक्त प्रयासमा ८१ पिन्ट रगत संकलन भई उल्लेखनीय मानवीय योगदान गरिएको नेपाल बीमा प्राधिकरण विराटनगरका प्रमुख विनोद कुमार पोखरेलले जानकारी दिए । उसनले बीमाकर्मीहरू सामाजिक सेवामा समेत समर्पित छन् भन्ने आजको उदाहरणले प्रमाणित गरेको बताए ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि मण्डलले हालका दिनहरूमा रगतको अभाव गहिरिँदै गएको उल्लेख गर्दै, वैदेशिक रोजगारका कारण युवाशक्ति बाहिरिएको र रक्तदाताको संख्या घट्दै गएको चुनौतीप्रति चिन्ता व्यक्त गरे । यस्ता रक्तदान कार्यक्रमहरूले यथोचित रूपमा राहत पुर्‍याउने भएकाले निरन्तरता दिनु आवश्यक रहेको सुझाव दिँदै उनले आयोजक तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे ।

यसै अवसरमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले आगामी जेष्ठ १ गते बिहान ८ बजे विराटनगरको तिनपैनीदेखि महेन्द्रचोकसम्म प्रभातफेरी आयोजना गर्ने जानकारी दिएको छ। बीमा दिवस तथा ५७औं वार्षिकोत्सवको सन्दर्भमा आयोजना गरिने उक्त प्रभातफेरीले बीमा सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

बीमा क्षेत्रमा योगदान पुर्‍याउँदै सामाजिक उत्तरदायित्व पनि बहन गरिरहेको नेपाल बीमा प्राधिकरणको यो पहल सराहनीय छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते