लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीका समानुपातिक सांसद गुरुङले आज लुम्बिनीका सभामुखसमक्ष आफ्नो राजीनामापत्र बुझाएका हुन् ।
बिज्ञापन
जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको उनले बताएका छन् । साथै गुरुङले राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको उल्लेख गरेका छन् ।
बिज्ञापन
‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ’, उनले पत्रमा लेखेका छन् ।








