होमपेज > हुन्डाई मोटरको नयाँ इलेक्ट्रीक मोडल सार्वजनिक, कतिपर्छ मूल्य?

हुन्डाई मोटरको नयाँ इलेक्ट्रीक मोडल सार्वजनिक, कतिपर्छ मूल्य?

बिज्ञापन
बिज्ञापन

कोरियाली कार उत्पादन कम्पनी हुन्डाई मोटरले नयाँ इलेक्ट्रीक मोडल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ इलेक्ट्रीक मोडलको नाम ‘एलेक्सियो’ राखिएको छ ।

बिज्ञापन

चिनियाँ कम्पनी बेइजिङ अटोमोटिभ ग्रुभ कम्पनी (बीएआईसी) सँगको साझेदारीमा रहेको बेइजिङ हुन्डाईले आफ्नो पहिलो डेडिकेटेड प्योर इलेकट्रीक प्लेटफर्म प्रयोग गरेर एलेक्सियो उत्पादन गरेको हो । कम्पनीले ५ वर्ष लगाएर विकास गरेको एलेक्सियोलाई हुन्डाई चाइनाले न्यू क्वालिटी फोर्स भेहिकलको रूपमा पोजिसन गरेको छ । यो ईभीमा मोर्डन एस्थेटिक, एड्भान्स टेक्नोलोजी र हाइ क्वालिटी सामानहरूको प्रयोग गरिएको छ । यसको बिक्री सन् २०२५ को तेस्रो क्वाटरबाट हुने बताइएको छ ।

बिज्ञापन

हुन्डाई एलेक्सियोमा इलेक्ट्रीक भेहिलकलाई प्रतिनिधित्व गर्ने फरक प्रकारको एक्सटेरियर डिजाइन छ । फ्रन्टमा क्रिष्टल डिजाइनको डे टाइम रनिङ लाइट र कनेक्टेड लाइट स्ट्रीप छ । फ्रन्टमा दिइएको इलुमिनेटेड लोगो निकै आकर्षक देखिन्छ । फ्रन्ट बम्परमा दिइएको टु टोन डिजाइनले एसयूभीलाई बोल्ड र प्रिमियम बनाएको छ । एलेक्सियो एसयूभीको साइड प्रोफाइलमा लाइन लेयर्ड, बाहिर उठेको ह्वील आर्कले मस्कुलर देखाएको छ । त्यस्तै, पछाडि पनि फ्रन्टको जस्तै कनेक्टेड लाइट स्ट्रीप छ ।

इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमको लागि यो एसयूभीमा लेबल २ प्लस एडास फिचर छ । बेइजिङ हुन्डाईले सन् २०२५ सम्ममा अटोमेटिक असिस्टेड ड्राइभिङ र मेमोरि पार्किङ तथा सन् २०२६ अर्वान असिस्ट ड्राइभिङ फङ्सन अपग्रेड गर्ने योजना बनाएको छ । हुन्डाईले यी फिचरको लागि एलेक्सियोमा हुवावेको हार्मोनियस इन्टेलिजेन्ट मोबिलिटी शोलुसन प्रयोग गर्नेछ ।

बिज्ञापन

एलेक्सियो हुन्डाईको इलेक्ट्रीक ग्लोबल मोडुलर प्लेटफर्म ई जीएमपीमा बनेको हो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते