होमपेज > सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच ‘अस्पायरिङ म्यानेजर अवार्ड’ स्थापना गर्ने सहमति

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच ‘अस्पायरिङ म्यानेजर अवार्ड’ स्थापना गर्ने सहमति

बिज्ञापन
बिज्ञापन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच संयुक्त रूपमा “म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड” स्थापना गर्ने सहमति भएको छ। व्यवस्थापन शिक्षा क्षेत्रमा उत्कृष्टता देखाउने एम.बि.ए. विद्यार्थीलाई सम्मान गर्न यो अवार्ड सुरु गरिएको हो।

बिज्ञापन

बैशाख २५ गते म्यानको कार्यालयमा आयोजित कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र म्यानका अध्यक्ष मोहन राज ओझाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यो अवार्ड पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एम।बि।ए। मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिनेछ। पुरस्कार राशी ५१,००० रुपैयाँ तोकिएको छ, जसको प्रायोजन सिटिजन्स बैंकले गर्नेछ।

बिज्ञापन

उत्कृष्ट विद्यार्थीको छनोटका लागि बैंक, विश्वविद्यालय र म्यानका प्रतिनिधिहरू सम्मिलित समिति गठन गरिनेछ। पुरस्कार म्यानद्वारा आयोजित वार्षिक म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा माघ महिनामा प्रदान गरिनेछ। सिटिजन्स बैंकले विश्वास लिएको छ कि उक्त पुरस्कारले व्यवस्थापन शिक्षा क्षेत्रमा थप प्रतिस्पर्धात्मकता र प्रेरणा दिनेछ।

हालै बैंकले ूबैंक अफ द इयर २०२४ू अवार्ड जितेको छ भने फोनपेसँग सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” संचालनमा ल्याएको छ। मोबाइल एपमार्फत शेयर आवेदन र सीआरएन सेवा सुरु गर्दै बैंकले डिजिटल बैंकिङ्गमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

बिज्ञापन

हाल बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ८६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते