होमपेज > नेपाल माइक्रो इन्स्योरेन्सद्धारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् एजेन्डा

नेपाल माइक्रो इन्स्योरेन्सद्धारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् एजेन्डा

बिज्ञापन
बिज्ञापन

नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ।

बिज्ञापन

कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो जेठ १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेस हुने गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण अनुमोदन गर्नेछ।

बिज्ञापन

सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ। सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवासुविधा स्वीकृत गर्नुका साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च अनुमोदन गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते