राप्रपाका नेता रविन्द्र मिश्र लगायत सबै (आस्थाका बन्दी) नेताहरुको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले जावलाखेलमा रिले अनशन बस्ने भएको छ ।
बिज्ञापन
सो संगठनले बिहीबार एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । उक्त संगठनले शुक्रबार बिहान १० बजे जावलाखेलको ललित मण्डपमा हुने रिले अनशनमा उपस्थित भई एक्यवद्धता जनाइदिन समेत सबैलाई आग्रह गरेको छ । मिश्र लगायतका नेताहरु चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।








