होमपेज > आन्दोलनमा अभिभावक र शिक्षकबीच हातपात

आन्दोलनमा अभिभावक र शिक्षकबीच हातपात

बिज्ञापन
बिज्ञापन

शिक्षक आन्दोलनमा आफू अभिभावक बताउने एक व्यक्ति घुसेपछि हातपात भएको छ। शिक्षकहरूले घुसपेठ भएको भन्दै उनीमाथि हातपात गरेका हुन्।

बिज्ञापन

ती आन्दोलनमा छिरेका व्यक्ति आफूले गोदावरी नगरपालिका वडा-१ को सरस्वती माध्यमिक विद्यालयका अभिभावक सनोज महत रहेको बताएका छन्। उक्त हातपात भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ। उक्त भिडियोमा उनले आफ्नो छोरी को भर्ना हुन नपाएपछि आजबाट आन्दोलनमा आउनुपरेको बताएका छन्।

बिज्ञापन

उनले भने,‘मेरो बच्चा सरकारी स्कुलमा पढ्छ, बन्द गरेर मेरो बच्चाको भविष्य बर्बाद गर्न पाइँदैन।’ यति भनेपछि शिक्षकहरूले सरकारलाई भन्नु भनेका थिए। त्यसपछि ती महतले आफ्नो लागि सरकार शिक्षक पनि रहेको बताए।

‘तपाईंहरूले आन्दोलनको स्वरूप फेर्नुपर्छ, तपाईंहरूले विद्यार्थी नपढाएर, सडकमा भेला भएर नाचेर बस्न पाइन्नँ,म यही अनसन बस्छु,भोलिदेखि अरु अभिभावकहरू पनि निस्किन्छन्,’उनले भने। शिक्षकहरूले उनलाई बाहिर जान भनेपछि प्रहरीको सुरक्षामा निकालिएका थिए। त्यहीबेला शिक्षकहरूले हातपात गरेको भिडियोमा देख्न सकिन्छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते