होमपेज > वैशाख १२ गतेदेखि नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता शेयर बिक्री खुला हुने

वैशाख १२ गतेदेखि नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता शेयर बिक्री खुला हुने

बिज्ञापन
बिज्ञापन

नेको इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले वैशाख १२ गतेदेखि २ लाख २५ हजार २६१ कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको हो ।

बिज्ञापन

कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये संस्थापक समूहको बिक्री नभएको ४३ हजार ७७९ कित्ता र सर्वसाधारण समूहको बिक्री नभएको १ लाख ८१ हजार ४८१ कित्ता गरी कुल २ लाख २५ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो ।

बिज्ञापन

कम्पनीको सो शेयरमा इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम् संस्थापकतर्फ १ हजार कित्ता र सर्वसाधारणतर्फ १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लिलामीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले वैशाख २१ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते