यस साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायम रहेको छ । आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला १० हजार ५०० सयले बढेको छ ।
बिज्ञापन
आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार सात सय रूपैयाँ घटेर एक लाख ७३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार आउँदा सुन प्रतितोला ४०० रुपैयाँ घटेर प्रतितोला १ लाख ७३ हजार ४०० सय रूपैयाँमा पुग्यो।
बिज्ञापन
निरन्तर ओरलो लागेको सुनको मूल्य बुधबार प्रतितोला २ हजार रुपैयाँले बढेर एक लाख ७५ हजार चार सय रूपैयाँमा कारोबार भयो। बिहीबार सुनको मूल्य ६ हजार रुपैयाँले बढेर तोलामा १ लाख ८१ हजार १०० सय रूपैयाँमा कारोबार भयो। त्यसैगरी शुक्रबार ३ हजार ९०० रुपैयाँ बढेर प्रतितोला१ लाख ८५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
त्यस्तै, चाँदी पनि यो साता प्रतितोला १०५ रूपैयाँले बढेको महासंघको तथ्यांकले देखाएको छ।
कुन दिन कति थियो सुनको मूल्यः
आइतबार : १ लाख ७४ हजार ५ सय रुपैयाँ
सोमबार: १ लाख ७३ हजार ८ सय रुपैयाँ
मंगलबार: १ लाख ७३ हजार ४ सय रुपैयाँ
बुधबारः १ लाख ७५ हजार ४ सय रुपैयाँ
बिहीबार: १ लाख ८१ हजार १ सय रुपैयाँ
शुक्रबारः १ लाख ८५ हजार रुपैयाँ








