नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्ने बताएका छन् ।
बिज्ञापन
नेकपा एमालेले शुक्रबार बुटवलमा आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राखे । उनले प्रतिगामी तत्त्व र राजावादीको कुनै भविष्य नभएको दाबी गर्दै राजनीतिक दलहरूले नै मुलुकलाई अगाडि बढाउने दाबी गरे ।
बिज्ञापन
देशको व्यवस्था बदल्ने उद्देश्यले अघि बढेकाहरू अब मुलुक निर्माणतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । पौडेलले लुम्बिनी प्रदेशमा प्रधानमन्त्री केपी ओली धेरै विकास निर्माणका कामको शिलान्यास तथा उद्घाटन गरेको बताउँदै ओलीकै नेतृत्वमा मुलुकमा धेरै विकास भएको दाबी गरे ।
सभामा नेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्यालले पार्टी नेतृत्वको साख गिर्न नदिने गरी सबै पार्टी पङ्क्तिले साथ दिनुपर्ने बताइन् ।
बिज्ञापन








