साताको दोस्रो कारोबार दिन नेप्से ३२.४५ अंकले घटेर २६७०.९४ को विन्दुमा कायम भएको हो ।
बिज्ञापन
यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड १४ हजार ८६६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
बिज्ञापन
यस दिन हिमालयन पावर पार्टनर सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५.३५ प्रतिशतले घटेको छ । त्यसैगरी, सम्वृद्धि फाइनान्स कम्पनीको ४.३२ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ४।३१ प्रतिशत, श्वेतगंगा हाइड्रोपावरको ४.१२ प्रतिशतले सेयर मूल्य घटेको छ ।








