ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी १० लाख ६ हजार ९१९ कित्ता शेयर बिक्रीमा राखेको छ।
बिज्ञापन
सेयरको बिक्री मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र निवेदन पेस गर्नु पर्नेछ।
बिज्ञापन
साथै, तोकिएको म्याद भित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरिदका पूर्ण आवेदन प्राप्त नभएमा बाँकी बसेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जनाएको छ।








