आज करिब एक दर्जन सागसब्जीको थोक मूल्यमा वृद्धि भएको छ ।
बिज्ञापन
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार आज सबैभन्दा धेरै काँक्रोको मूल्य बढेको छ ।
बिज्ञापन
आज हाइब्रिड काँक्रो ११४.२९ प्रतिशतले बढेको छ । शनिबार ३५ रुपैयाँ किलोमा कारोबार भएको यसको मूल्य आज ७५ पुगेको छ । लोकल काँक्रो पनि ९५ बाट बढेर ११० रुपैयाँ किलोमा कारोबार भएको छ ।








