सानिमा बैंकले भारतको अपोलो अस्पतालमा आकर्षक छुट प्रदान गर्न एच. मेडिकल एण्ड डायग्नोस्टिक्स प्रा. लि. (HMADPL) सँग साझेदारी गरेको छ। ग्राहकहरूले भारतका विभिन्न उल्लेखित अपोलो अस्पतालहरूमा सानिमा बैंकको डेबिटरक्रेडिट प्रयोग गरेर भुक्तानी गर्दा १०% छुट पाउन सक्छन्।
बिज्ञापन
छुट चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा प्राप्त गर्न सकिन्छ। छुट प्राप्त गर्न बैंक वा HMADPL लाई पूर्व सूचना दिनु आवश्यक छ।
बिज्ञापन
सानिमा बैंकले सबै ७ प्रान्तहरूमा १३४ कार्यालय र १२६ एटीएम नेटवर्कहरूबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ। त्यस्तै, सानिमा बैंकको डेबिट र क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, किनमेल आउटलेट, होटल, रेस्टुरेन्ट र अन्य व्यापारीहरूमा आकर्षक छुट पाउन योग्य छन्। छुट आउटलेटहरूको विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।








