होमपेज > सहकारी दिवसको अवसरमा एमबैंकको थप नयाँ सेवा सुरु

सहकारी दिवसको अवसरमा एमबैंकको थप नयाँ सेवा सुरु

बिज्ञापन
बिज्ञापन

एमबैंकले इसेवा रेमिट, समसारा, आईएमई रेमिट, सिटी रेमिट, मिस्ड कल बैंकिङ र इन्टरअपरेबल क्यूआर सेवा शुभारम्भ गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा यी सेवा सुरु गरिएको हो ।

बिज्ञापन

यी सेवाहरू विशेष गरी सहकारी सदस्यहरू तथा आम समुदायलाई वित्तीय पहुँच र सहजता प्रदान गर्नका लागि डिजाइन गरिएको एम बैंकले जनाएको छ । इसेवा रेमिट, समसारा र आईएमई रेमिट, सिटी रेमिटको सुरुवात संगै अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा छिटो, सुरक्षित र भरपर्दो रूपमा पैसा प्राप्त गर्न सहज हुनेछ।

बिज्ञापन

वित्तीय समावेशितालाई प्राथमिकता दिँदै सहकारी सदस्यहरू तथा सर्वसाधारणलाई आर्थिक स्थायित्व र समृद्धिमा टेवा पुर्‍याउने कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले जानकारी दिए । त्यस्तै, इन्टरअपरेबल क्यूआर सेवाले डिजिटल भुक्तानीलाई अझ सहज बनाउनेछ । अब ग्राहकहरूले कुनै पनि बैंक तथा भुक्तानी सेवा प्रदायकका क्यूआर कोड स्क्यान गरी सहज रूपमा भुक्तानी गर्न सक्नेछन् ।

जसले वित्तीय कारोबारलाई थप द्रुत, सरल र समावेशी बनाउनेछ। यी नयाँ सेवाहरूले डिजिटल बैंकिङको महत्व झल्काउँदै वित्तीय पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछन् । विशेष गरी दुर्गम र पिछडिएका क्षेत्रहरूमा वित्तीय स्थायित्वमा यी सेवाहरू लाभदायक हुने विश्वास कम्पनीले लिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते