होमपेज > पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न

पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न

बिज्ञापन
बिज्ञापन

पोखरामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ सम्पन्न भएको छ। कार्यक्रम संयोजकका अनुसार चार दिनसम्म चलेको यस अटो शोमा करिब २० हजार आगन्तुकले अवलोकन गरेका थिए।

बिज्ञापन

चैत्र १४ देखि १७ गतेसम्म पोखरा–१२ स्थित अमरसिंह खेल मैदानमा सम्पन्न भएको उक्त अटो शो पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनद्वारा आयोजित थियो। यस प्रदर्शनीमा सवारी साधन खरिद–बिक्री तथा नयाँ प्रविधिहरू अवलोकन गर्न व्यवसायी, सम्भावित ग्राहक, तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो।

बिज्ञापन

कार्यक्रममा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको प्रवद्र्धन रहेको थियो भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा, र अमरसिंह मा।वि। सहयोगी संस्थाका रूपमा रहेका थिए।

प्रदर्शनीमा खल्ती एप टिकटिङ पार्टनर, पोखरा इन्टरनेट इन्टरनेट पार्टनर, सगरमाथा लुम्बिनी इन्सुरेन्स अफिसियल इन्सुरेन्स पार्टनर, होटल शारा हस्पिटालिटी पार्टनर, तथा नेपाल मनिपाल कलेज अफ मेडिकल साइन्स हस्पिटल पार्टनर रहेका थिए।

बिज्ञापन

प्रदर्शनीमा विभिन्न ब्रान्डका गाडी, बाइक, इलेक्ट्रिक भेहिकल्स, तथा सम्बन्धित प्रविधिहरू प्रस्तुत गरिएका थिए। आयोजकहरूका अनुसार अटो शोले स्थानीय बजारमा अटोमोबाइल उद्योगको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते