सिडिएससि एण्ड क्लियरिङ्ग हाउस, शेयर निष्काशनकर्ता नेपाल माइक्रो इन्स्योरेन्स र शेयर रजिष्टर हिमालयन इन्भेष्टमेन्ट बैंकरका बीचमा धितोपत्रको अभौतिकिरण तथा हस्तान्तरणका लागि सहजीकरण गर्ने सम्बन्धी त्रीपक्षीय सम्झौता भएको छ।
बिज्ञापन
सिडिएससिको कार्यालय, पुतलीसडकमा चैत १५ गते आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो। उक्त सम्झौता पत्रमा सिडिएससि एण्ड क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र हिमालयन इन्भेष्टमेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर ज।ब।राणाले हस्ताक्षर गरेका हुन्।
बिज्ञापन
नेपाल माइक्रोले सर्वसाधारणका प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता तथा ६७ हजार ५०० कित्ता शेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलार्य वितरण गरेको थियो।







