होमपेज > नेपाली महिलाद्धारा अमेरिकी नागरिक अपहरण: साढे ४ करोड फिरौती माग

नेपाली महिलाद्धारा अमेरिकी नागरिक अपहरण: साढे ४ करोड फिरौती माग

बिज्ञापन
बिज्ञापन

फिरौती उठाउन अमेरिकी नागरिक अपहरण गर्ने एक महिला पक्राउ परेकी छिन् । नुवाकोट बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीय सरिता लामालाई पक्राउ गरिएको हो ।

बिज्ञापन

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबू ओलियाले जानकारी दिए । अमेरिकाकी ७० वर्षीया एक महिला साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि नेपाल आएकी थिइन् । उनीसँग लामाको सामान्य चिनजान थियो । ती महिलाले नेपालमा रहँदा घुम्ने ठाउँहरूको बारेमा लामाले जानकारी राखिन् । सोही क्रममा पोखराको लेकसाइडस्थित एक होटलमा बसिरहेकी अमेरिकनलाई उनले घरमा लैजान्छु भनेर लगिन् ।

बिज्ञापन

तर उनले घर नलगी लुकाएर फिरौती माग्न थालिन् । त्यस घटनाको बारेमा नेपालस्थित अमेरिकन दूतावासले कास्की प्रहरीमा खबर पठायो । कास्की प्रहरीले तुरुन्तै अनुसन्धान टोली खटाएर महिलाको सकुशल उद्धार गरेको हो । एसपी ओलियाका अनुसार लामाले ३ लाख युरो अर्थात् साढे ४ करोड फिरौती मागेकी थिइन् । घटनाबारे एम्बेसीले मङ्गलवार प्रहरीमा खबर गरेको थियो । ‘अमेरिकी नागरिकसँग सम्पर्क सामान्य रहेछ ।

नेपाल आएको बेला कहाँ कहाँ घुम्ने भन्ने अभिलेख राखेको र नेपाल आइसकेपछि घरमा लान्छु भनेर पोखराबाट लगेको तर घरमा नलगेको अनुसन्धानले देखायो,’ ओलियाले भने– ‘पोखराबाट चितवन हेटौँडा हुँदै पर्सातिर लगेको भेटियो । घटनाको प्रकृतिले उनलाई भारतसम्म लैजाने तयारी गरेको देखिन्छ ।’ लामालाई कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते