होमपेज > सानिमा बैंकद्वारा गोरखामा आयोजित दुई दिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग

सानिमा बैंकद्वारा गोरखामा आयोजित दुई दिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग

बिज्ञापन
बिज्ञापन

सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, लगायत अन्य विभिन्न क्षेत्रहरुमा हरेक वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।

बिज्ञापन

यसै क्रममा शक्तिचोक, गोरखास्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा सानिमा बैंकले आर्थिक सहयोग गरेको छ। गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ६, घैरुङ स्वास्थ्य चौकीमा संचालित उक्त कार्यक्रममा ५२५ जना स्थानीय बासिन्दाहरुले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएका छन्।

बिज्ञापन

उक्त शिविरमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपिडीका साथै विविध रोगको परीक्षण गरी आवश्यकता अनुसार निःशुल्क औषधी पनि वितरण गरिएको छ। बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने तथा विभिन्न किसिमका सामाजिक उत्थानका कार्यक्रमहरु गर्ने योजना बनाएको छ। सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२६ वटा ए.टि.एम.
संचालनमा रहेका छन्।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते