माछापुच्छ्रे क्यापिटल लिमिटेडले निष्काशन गरेको मिचुअल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
बिज्ञापन
क्यापिटलले एमबीएल सामूहिक लगानी कोष अन्तर्गत एमबीएल इक्विटी फण्ड नामको म्युचुअल फण्डको इकाई निष्काशन गरेको थियो। जसमा चैत ७ गते, बिहिबारसम्म आवेदन दिन सकिने छ।
बिज्ञापन
१ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गरिएको क्यापिटलले जानकारी दिएको छ। प्रति इकाई १० रुपैयाँमा खरिद गर्न सकिने छ। कुल निष्काशन मध्ये १४ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाई कोष प्रबर्दक माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई छुट्याइएको जनाइएको छ।
बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गर्ने क्यापिटलले उल्लेख गरेको छ। यो बन्दमुखी प्रकृति योजनाको हो। जसको अवधि १२ वर्ष रहेको छ।
बिज्ञापन
उक्त इकाईमा फागुन २२ देखि आवेदन खुलाइएको थियो। न्यूनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाई खरिदका लागि आवेदन दिन सकिने छ।








