होमपेज > जगदम्बा मोटर्सको नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक

जगदम्बा मोटर्सको नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक

बिज्ञापन
बिज्ञापन

जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ। यो नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन भएको कम्पनीले बताएको हो।

बिज्ञापन

यसमा स्ट्रीट मोड र रेस मोड गरी डुअल राइडिङ मोडहरू उपलब्ध गरिएका छन्। स्ट्रीट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन्। त्यसैगरी, रेस मोडमा ० देखि ६० किलो मिटर प्रति घण्टाको गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलो मिटर प्रति घण्टाको अधिकतम गति दिन्छ।

बिज्ञापन

स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ। यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्ट कनेक्ट एप को सहज इन्टरेक्शन प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ। चाहे राइड मोड स्विच गर्नुहोस्, नेभिगेसन चेक गर्नुहोस्, वा कलहरू व्यवस्थापन गर्नुहोस्, एनटर्क रेस एक्सपी ब्ल्याकले नियन्त्रण यात्रुको औंलामै—र अवाज मार्फत नै लिन सकिने ब्यवस्था गरेको छ।

‘केवल प्रदर्शन मात्र होइन, यो स्कुटर हेर्दै पनि मन लोभ्याउने लुक्ससहित प्रस्तुत गरिएको छ। रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिस, रातो पांग्रा, र एयरोडायनामिक ग्राफिक्स यसमा थपिएको आक्रमकता र सौन्दर्यको प्रमाण हो,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘रेस–ट्युन स्टाइलिङ र आधुनिक एयरोडायनामिक्स को संयोजनले एनटर्क रेस एक्सपी ब्ल्याक जहाँ गए पनि सबैको ध्यान खिच्न सक्षम रहेको छ।’

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते