होमपेज > लाभांश पारित गर्न सानिमा जिआईसीले बोलायो साधारण सभा

लाभांश पारित गर्न सानिमा जिआईसीले बोलायो साधारण सभा

बिज्ञापन
बिज्ञापन

लाभांश पारित गर्न सानिमा जिआईसी इन्स्योरेन्सले ७औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समिति बैठकले चैत २१ गते काठमाडौंमा बिहान ११ बजे ७औँ वार्षिक साधारण सभा बोलाएको हो।

बिज्ञापन

कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब रुपैयाँको ७.५ प्रतिशतका दरले १५ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशतका दरले ७८ लाख ९४ हजार रुपैयाँ नगद गरी कुल ७.८९ प्रतिशत लाभांश पारित गर्नेछ।

बिज्ञापन

सभाले छैठौं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूको बैठक भत्ता संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।

कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८१र८२ को लेखापरीक्षण नियुक्ती र पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ।

बिज्ञापन

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुकक्लोज गर्ने नर्णिय गरेको छ। त्यसैले चैत ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते