मधेस सरकारको गृहमन्त्रीको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ। गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका असई वीरेन्द्रकुमार यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको हो।
बिज्ञापन
मधेस प्रहरीका अनुसार हिजो उनको पेट र छाती दुख्न थालेपछि उनलाई पहिला स्थानीय अस्पताल गोदावरीमा भर्ना गरिएको थियो। तर त्यहाँबाट थप उपचारको लागि रेफर गरेपछि उनलाई नोबेल अस्पताल विराटनगरमा लगिएको मधेस प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यले बताए।
बिज्ञापन
विराटनगर नोबेल अस्पतालमै उपचारको क्रममा हिजो राती उनको मृत्यु भएको डिआइजी आचार्यले बताए। सिरहा नगरपालिका–२५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेस प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो।








