होमपेज > एमडीएमएस खरिद प्रकरण: दूरसञ्चारका पूर्वअध्यक्ष झा र खनालसहित तीनजना दोषी ठहर

एमडीएमएस खरिद प्रकरण: दूरसञ्चारका पूर्वअध्यक्ष झा र खनालसहित तीनजना दोषी ठहर

बिज्ञापन
बिज्ञापन

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहितत तीनजनालाई दोषी ठहर गरेको छ।

बिज्ञापन

न्यायाधीशत्रय टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले बिहीबार झा र खनालसहित तीनजनालाई दोषी ठहर गरेको हो। अदालतले झा, खनाल र न्यूमेरा मलेसिया, ओएसआई कन्सल्टिङ प्रालिका ग्रुप चेयरमेन मोहम्मद नुर अमिन बिन मोहम्मद नुर खानलाई जनही ५ करोड ८० लाख बिगो जरिवानासहित १ वर्ष कैद तोकेको छ। झा र खनाललाई संस्थाको अध्यक्ष भएकाले थप एक महिना कैद सजाय हुने समेत जनाइएको छ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमडीएमएस खरिदमा अनियमितता गरेको आरोपमा २०८० चैतमा प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित २० जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो। प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र पुरुषोत्तम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलगायतलाई प्रतिवादी बनाइएको थियो। उनीहरूविरुद्ध अदालतमा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो ।

प्राधिकरणले भन्सार छलेर ल्याइएका मोबाइल निष्क्रिय बनाउने एमडीएमएस स्थापना गर्न लागत अनुमान भन्दा दोब्बर बढीमा ठेक्का सम्झौता गरेर दुई अर्ब २५ करोड रुपैयाँले बढी भ्रष्टाचार गरेको आयोगको दाबी छ। मुद्दामा १२ जनाले सफाइ पाएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते