होमपेज > भारतले न्यूजील्याण्डलाई पराजित गर्दै बन्यो समुह विजेता

भारतले न्यूजील्याण्डलाई पराजित गर्दै बन्यो समुह विजेता

बिज्ञापन
बिज्ञापन

भारतले न्यूजील्याण्डलाई पराजित गर्दै समुह विजेता बनेको छ ।

बिज्ञापन

जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले न्यूजील्याण्डलाई ४४ रनले पराजित गर्दै समुह ए को विजेता बनेको छ । भारतले दिएको २५० रनक लक्ष्य पछाएको न्यूजील्याण्डले ४५.३ ओभरमा अल आउट हुदै २०५ रन मात्र बनाएको थियो । न्यूजील्याण्डका लागि केन विलियम्सनले सर्बाधिक ८१ रन बनएका थिए भने कप्तान मिचेल सान्टनरले २८ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर वरुण चक्रवर्तीले सर्बाधिक ५ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए ।

बिज्ञापन

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको थियो । भारतका लागि श्रेयस अय्यरले सर्बाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । त्यसैगरी अक्सर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाएका थिए । त्यसैगरी न्यूजील्याण्डका बलर माट हेनरीले सर्बाधिक ५ विकेट लिएका थिए ।

यो जितपछि भारत समुह ए मा समुह विजेता बनेको छ र अब सेमिफाइनलमा अस्ट्रेलियाको सामना गर्ने भएको छ । त्यस्तै अर्को सेमिफाइनलमा न्यूजील्याण्ड र दक्षिण अफ्रिका खेल्ने भएका छन् । अब पहिलो सेमिफाइनल भारत र अस्ट्रेलियाबीच आगामी मंगलबार हुने छ भने दोस्रो सेमिफाइनल खेल बुधबार न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ ।

बिज्ञापन

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते