होमपेज > यौन सम्बन्ध राखेर विवाह नगरेकाले बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

यौन सम्बन्ध राखेर विवाह नगरेकाले बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

बिज्ञापन
बिज्ञापन

सिराहामा एक प्रहरी जवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् । उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए ।

बिज्ञापन

‘महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी पासवानले भने, ‘विवाह गर्ने शर्तमा यौन सम्बन्ध राखेको र विवाह नगरेकाले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ ।’ उनलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थिए।

बिज्ञापन

उनले ती महिलालाई ‘डिभोर्स’ गर्न लगाएर पछि विवाह गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ । ती महिलालाई प्रहरी जवान यादवले लहानमा कोठा भाडामा लिएर राख्दै आएका थिए । अहिले उनलाई कोठाबाट समेत निकालिएको स्रोतले जनाएको छ । त्यसपछि महिलाले जबरजस्ती करणीको उजुरी दिएकी हुन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते