काभ्रेको धुलिखेलमा मंगलबार बिहान बस पल्टिएको छ ।
बिज्ञापन
बिहान सवा ८ बजे धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस पल्टिँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आफै अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो ।
बिज्ञापन
दुर्घटना भएको खबरपछि प्रहरीको टोली खटिएको थियो । दुर्घटनामा घाइते भएका २४ जनालाई धुलिखेल अस्पतालमा पठाइएको हो । चालक र सहचालक गम्भीर घाइते छन् । बस घटनास्थलमै छ भने सडक एकतर्फी सञ्चालनमा छ ।








