भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव भैरहवास्थित घर ल्याइएको छ।
बिज्ञापन
बुधबार साँझ लम्सालको शव भैरहवा ल्याइएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बताएका छन्। लम्सालको शव भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय घर ल्याइएको बताइएको छ।
बिज्ञापन
प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडकिल कलेजमा राखिने जनाइएको छ ।








