होमपेज > काठमाडौंमा भेटियो पोलियोको जीवाणु, पोलियो रोगबाट कसरी बच्न सकिन्छ?

काठमाडौंमा भेटियो पोलियोको जीवाणु, पोलियो रोगबाट कसरी बच्न सकिन्छ?

बिज्ञापन
बिज्ञापन

काठमाडौंमा पोलियोको जीवाणु भेटिएको छ। परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा.अभियान गौतमले काठमाडौँको  टुकुचा र बागमती नदिको ढलको नमुनामा पोलियो भाइरस देखा परेको बताएका हुन् । काठमाडौंमा पोलियोको जीवाणु आउट ब्रेक भएपछि स्वास्थ्य सेवा विभागले काठमाडौं, ललितपुर भक्तपुरमा पोलियो विरुद्धको खोप अभियान संचालन गर्ने भएको छ। नेपालमा पोलियो रोग र निगरानीको अवस्थाबारे विभागको कार्यालय टेकुमा आज शुक्रबार संञ्चारकर्मीहरुसँगको अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिज्ञापन

यही साउन ९ गतेदेखि दिदैं गरेको पोलियो खोप अनिवार्य रुपमा बालबालिकालाई खुवाउन स्वास्थ्य सेवा विभागले अनुरोध गरेको छ । यो रोग विशेषगरी बालबालिकामा देखापर्छ तर जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ ।

बिज्ञापन

 

बिज्ञापन

 कहिले र कहाँ सञ्चालन हुँदैछ पोलियो खोप अभियान?
यहि २०८१ साउन ९ देखि १२ गतेसम्म काठमाण्डौँ, ललितपुर र भक्तपुर जिल्लामा पोलियो खोप सञ्चालन हुँदैछ । काठमाण्डौँ उपत्यकाका तीन जिल्लामा जन्म देखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई पोलियो खोप खुवाइदैछ । यो खोप स्वास्थ्यकर्मी र महिला सामुदायक स्वास्थ्य स्वयंसेविका मार्फत घर, घरमा दिइदैछ ।

पोलियो कस्तो किसिमको रोग हो?
पोलियो रोग पोलियो भाइरसबाट हुने संक्रामक रोग हो । यो रोग एक व्यक्तिबाट अर्का व्यक्तिमा सर्दछ ।

पोलियो रोग कसरी सर्दछ?
पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

के-के हुन पोलियो को लक्षणहरु?
पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिमा देखिने समान्य लक्षण ज्वरो आउनु, पखाला लाग्नु, जिउ दुखने, थकान महशुुस हुनु हो भने गम्भीर लक्षण पक्षघात हुने र मृत्यु समेत हुने हुन ।

पोलियो रोगबाट कसरी बच्न सकिन्छ?
हालसम्म कुनै निश्चित उपचार नभएको यो रोगबाट सुरक्षित हुने उपायनै पोलियो खोप हो । यो रोगबाट बच्न बालबालिकालाई राष्ट्र्रिय खोप तालिका अनुसार पोलियो विरुद्धका नियमित खोपहरु पूर्ण मात्रामा दिनुपर्दछ । व्यक्तिगत सरसफाइ, शुद्धिकरण गरिएको पानी र स्वच्छ खानामा विशेष ध्यान दिनुपर्दछ ।

कुन उमेरका मानिसलाई पोलियो लाग्न सक्छ?
पोलियो जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ । तर पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् ।

पोलियो खोप कति प्रकारका छन् र ती खोपहरु कति पटक लगाउनु पर्दछ?
पोलियो खोपहरु दुई प्रकारका छन्:
१) मुखबाट खुवाइने ओ.पि.भी.- खोप नियमित खोप सेवाको माध्यमबाट ३ पटक ( ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा लिनुपर्दछ ।)
२) सुइबाट दिइने आई.पि.भी.- खोप नियमित खोप सेवाको माध्यमबाट २ पटक ( १४ हप्ता र ९ महिनाको उमेरमा लिनुपर्दछ ।)

यो खोप कस्तो अवस्थामा लिनु हुदैन?
यो खोप सिकिस्त बिरामीहरु र रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका जस्तै एच.आइ.भी. एड्सका लक्षण देखिएका, केमोथेरापीमा रहेका क्यान्सरका बिरामी तथा रोग प्रतिरोधक क्षमता कम गराउने औषधी सेवन गरिरहेका बालबालिकाले लिनु हुँदैन ।

नियमित पोलियो खोप लिएका बालबालिकाले यस अभियानको पनि खोप लिनुपर्दछ?
विगतमा नियमित खोप तालिका अनुसार पोलियो खोप लिएको भएतापनि यस अभियानमा ५ वर्ष मुनिका बालबालिकाले अनिवार्य रुपमा थप मात्रामा पोलियो खोप लिनुपर्दछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते