होमपेज > हिमालयन लाइफ इन्स्योरेन्सद्धारा वार्षिक साधारण सभा आह्वान

हिमालयन लाइफ इन्स्योरेन्सद्धारा वार्षिक साधारण सभा आह्वान

बिज्ञापन
बिज्ञापन

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी फागुन ११ गते आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ। उक्त सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड बैंक्वेटमा बिहान १०:३० बजे सुरु हुनेछ।

बिज्ञापन

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव राख्नेछ। यद्यपि, बोनस शेयरमा लाग्ने करको भुक्तानी शेयरधनी आफैँले गर्नुपर्ने कम्पनीले जनाएको छ। प्रचलित कानुनी व्यवस्थाअनुसार, बोनस शेयरमा लाग्ने कर बापतको रकम प्रत्येक शेयरधनीले आफैँले भुक्तानी गर्नुपर्ने छ।

बिज्ञापन

सभामा कम्पनीको प्रबन्ध पत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि रहनेछ। साथै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका बारेमा छलफल गरिनेछ। अर्को महत्त्वपूर्ण एजेन्डा भनेको आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण हुनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते शुक्रवार बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ २४ गते बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते