होमपेज > बढ्यो पेट्रोलको मूल्य, घट्यो डिजेल र मट्टीतेलको मूल्य

बढ्यो पेट्रोलको मूल्य, घट्यो डिजेल र मट्टीतेलको मूल्य

बिज्ञापन
बिज्ञापन

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

बिज्ञापन

निगमले भोलि आइतबार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको र डिजेल र हवाई इन्धनको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ बढाएको छ भने र डिजेल तथा मट्टीतेल प्रतिलिटर ४ रूपैयाँ घटाएको छ। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १६५.५० रूपैयाँ दोस्रो वर्गलाई १६७ रुपैयाँ तेस्रो वर्गको लागि १६८ रुपैयाँ कायम हुनेछ। मट्टितेल र डिजेलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १५३ रुपैयाँ दोस्रो वर्गलाई १५५ रुपैयाँ तेस्रो वर्गको लागि १५६ रुपैयाँ कायम हुनेछ।

बिज्ञापन

आएल निगमले एलपी ग्यासको मूल्य बढेर आएको भएता पनि हाललाइ सोही मूल्य कायम गरिएको जनाएको छ। निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले आज अथात् फागुन ३ गतेबाट इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलिय पदार्थको मूल्य बढेरर आए सँगै नयाँ मूल्य तोकेको जनाएको छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते