होमपेज > सहकारी ठगी प्रकरण: १ लाख रूपैयाँ धरौटीमा छुटे सहकारीका पूर्व-सञ्चालक

सहकारी ठगी प्रकरण: १ लाख रूपैयाँ धरौटीमा छुटे सहकारीका पूर्व-सञ्चालक

बिज्ञापन
बिज्ञापन

मोरङको धनपालथान गाउँपालिकास्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणका अर्का एक जना बुधबार १ लाख रूपैयाँ धरौटीमा छुटेका छन्।

बिज्ञापन

सहकारी सञ्चालक समितिका पूर्व-सदस्य मनोजकुमार सोनी धरौटी बुझाएर छुटेका हुन्। मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला सहितको नाम सहकारीको रकम अपचलनमा जोडिएको थियो। हालसम्म अदालत उपस्थित भएमध्ये सबैभन्दा धेरै १० लाख रूपैयाँ धरौटीमा कोइराला छुटेकी छन् भने अध्यक्ष शम्भुप्रसाद राजवंशी पुर्पक्षका लागि जेल चलान भएका छन्।

बिज्ञापन

धनपालथान–४ का पूर्व-वडाध्यक्ष रोशन राजवंशी पनि यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका छन्। सहकारीको बचत रकम र ऋणीको ऋण समेत अपचलन गरेको आरोपमा उमागौरी कृषि सहकारीका अध्यक्ष रौनियारसहित २६ जना विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मंसिर २७ मा मुद्दा दायर गरेको थियो। अध्यक्ष रौनियारसहित हालसम्म अदालतमा हाजिर भएका ९ जना मध्ये ७ जना धरौटीमा छुटेका छन्।

यो सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो कायम गरी मुद्दा दर्ता भएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते